हास्य कलाकार जोगिन्दर प्रदेश सभा उम्मेदवारमा सिफारिस

Posted on: 06 Sep, 2022

भदौ २०, काठमाडौँ | चर्चित हास्य कलाकार‘जोगिन्दर पानवाला’को नामले चिनिने शिवशंकर रिजाल आगामी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका हुन्। 

प्रदेश सभा सांसदको उम्मेदवारका लागि शिवशंकरको सिफारिस - समाजका हरेक  क्षेत्रको ताजा अपडेटमा हाम्रो प्रतिबद्धता !

नेपाल साँस्कृतिक संघसँग आवद्ध रिजाल कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न. ४ (क) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिस परेका हुन्। रिजालले आफ्नो सामाजिक सञ्जाल मार्फत आफू उम्मेदवारको रुपमा सिफारिस भएको जानकारी दिएका हुन्। 

उनले लेखेका छन् ‘यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र न.४ (क) बाट मलाई प्रदेश माननीय सांसदको लागि सर्वसम्मत रुपमा एक नम्बरमा राखी सिफारिस गर्नु भएकोमा सम्पूर्ण प्रदेश क्षेत्रीय समिति, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, मधेस प्रदेशका उप सभापति तथा युवा खेलकुद मन्त्री वीरेन्द्र सिंहलगायत सम्पूर्ण उपस्थित कांग्रेसीजनलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!