कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको गृहमन्त्रीको दाबि

Posted on: 24 Jun, 2019

असार ९ , काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।

पौडेल यही असार ५ गते  लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरे । मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ |

यस बिषयमा नेकपाका नेता जनार्दन शर्माले भने कुमार पौडेल प्रहरीको मुठभेडमा मारिएको भए ६ ठाउमा कसरी हात भाचियो भनेर प्रस्न राखेका छन् | यसको जबाफ गृहमन्त्री रामबहादुर थापा (बादल)ले दिनु पर्ने उनको दाबी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!