सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय एक पुरुष रहेका छन् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले जानकारी दिए । उनले भने, ‘मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका( १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!