सप्तरीका २ स्थानीय तहमा जनमतपार्टीको अग्रता

Posted on: 16 May, 2022

जेठ २, सप्तरी | पहिलो पटक चुनाव लडेका सप्तरीका दुई पालिकामा जनमत पार्टीले अगाडी छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् ।

हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुदेखि नै अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माझीले जसपाका उम्मेदवार शैलेश साहभन्दा एक हजारभन्दा बढी भोटले अगाडि छ। अहिलेसम्म माझीले ४ हजार ७ सय ९१ मत पाएका छन् । भने साहले ३ हजार ७ सय ६७ मत पाएका छन् ।

त्यस्तै बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमतका उम्मेदवार खेमचन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो जानकारी अनुसार यादवले ५ सय ६१ मत पाउँदा नेकपा एमालेका अरुण गोइतले ४ सय ८२ मत पाएका छन् ।

कञ्चनरुप नगरपालिकाको अध्यक्षमा जनमतका इन्द्रदेव कगोडिया यादव दोस्रो स्थानमा छन् । पछिल्लो परिणाम अनुसार पहिलो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर अग्रता लिँदा जनमतका उम्मेदवार यादव १३ सय २६ मतसहित दोस्रो स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!