इन्स्पेक्टरबाटै कुटिए जसपाका अध्यक्ष, कारबाहीको माग गर्दै सप्तरीका कार्यकर्ता आन्दोलित

Posted on: 04 Apr, 2023

चैत २१, सप्तरी | सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरीबाटै जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदारप्रसाद यादव कुटिएका छन् ।


महदेवा गाउँपालिकाको एउटा विवादको मुद्दालाई लिएर जिल्ला प्रहरी कार्यालयमा छलफल राखिएको थियो । उक्त छलफलमा जसपा जिल्ला अध्यक्ष यादव पनि थिए । त्यहाँ विवाद भएपछि प्रहरी निरीक्षक नविन थापाले उनलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

टाउकोमा चोट लागेका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । अहिले जसपाका नेता कार्यकर्ताहरूले कुटपिट गर्ने इन्सपेक्टरलाई कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!