म्यादी प्रहरीमा भर्ना हुन युवाहरु तछाड-मछाड

Posted on: 21 Mar, 2022

चैत ७, संखुवासभा । सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि संखुवासभामा पनि युवाकाे भिड लाग्न थालेको छ । म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेहरूको भिड हुन्छ । शैक्षिक प्रमाणपत्र भए पनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ४० दिनका लागि  म्यादी प्रहरीमा भर्ना हुनका लागि युवा तँछाडमछाड गरिरहेका छन् । 

स्थानीय निर्वाचनका लागि संखुवासभामा ९४४ संख्या माग भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । म्यादी प्रहरीका लागि आइतबारबाट भर्ना सुरु गरिएको डिएसपी सुवेदीले बताए ।

९४४ म्यादी प्रहरीका भर्ना हुन लागि बिहान ९ बजेदेखि नै युवायुवती भिड लाग्ने गरेको उनले बताए ।  बेरोजगारी भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका- ४ का जितमा गुरुङले बताए । घरमा बेरोगार भएर बस्नुभन्दा छोटो अवधिका म्यादी बन्न आवेदन दिएको गुरुङले बताए ।

कोरोाना कारण बैदेशिक रोजगारमा जान सक्ने अवस्था नभएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको खाँदबारी नगरपालिका -११ का सीताराम गुरुङले बताए । उनी गत वर्ष बैदेशिक रोजगारबाट फर्किएपछि आफु बेरोजगार भएको म्यादी प्रहरीका भर्ना हुने आएको उनले बताए ।

त्यस्तै बेरोजगार समस्या र अनुभवका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका-१ कि जानुका राईले बताइन् । पढाई खर्च जुटाउन म्यादी प्रहरीमा हुन आएको मकालु गाउँपालिका गाउँपालिका-४ बैधेकी अनिता तामाङले बताइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!