करेन्ट लागेर इन्जिनियरको मृत्यु

Posted on: 14 Jan, 2022

पुस ३०,काठमाडौँ | संखुवासभाको सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । 

ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।  

उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!