सङ्खुवासभामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

Posted on: 20 Jun, 2021

असार ६, किमाथाङ्का (रासस) । सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । 

 गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताउनुभयो ।  घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!