सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु, एकजना गम्भीर

Posted on: 18 Oct, 2022

कात्तिक १, सल्यान | सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । 

सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए । 

उनका अनुसार,  मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालको टोकाइबाट घाइते भएका उनीहरू तीनैजनाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । 

थप उपचारका लागि  कोहलपुर लैजाँदै गर्दा सोभा र छोरी प्राप्तीको मृत्यु भएको डीएसपी खनालले जानकारी दिए । 

घाइते नबिनको भने परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!