रुपन्देहीमा विद्यार्थी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

Posted on: 09 Feb, 2023

माघ २६, रुपन्देही | रुपन्देहीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। नृत्य सिकाउने ती शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिकाका-७ का शिक्षकलाई पक्राउ गरेको हो।

माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शिक्षकले किशारीलाई जबर्जस्ती करणी गरेका थिए। पिडित किशोरीले अभिभावकलाई बताएपछि घटना बाहिर आएको हो।

प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी परेपछि बुधबार ती शिक्षकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!