रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

Posted on: 07 Nov, 2022

कात्तिक १८, रुपन्देही | रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको  शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछि थप प्रक्रिया अगाडि बढेको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!