कारको ठक्करबाट छठ घाटतर्फ हिँडेका ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

Posted on: 31 Oct, 2022

कात्तिक १४, रुपन्देही | छठ घाटमा हिँडेका तीर्थयात्रुलाई सोमवार बिहान रूपन्देहीको भैरहवामा कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

रुपन्देहीका प्रमुख श्यामु अर्यालका अनुसार मृतकहरू ओमसतिया–४ पननीकी वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्करपछि फरार भएको कारलाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सडकमा भएका सीसीटीभी फुटेज हेरेर चालक र गाडीको खोजी भइरहेको अर्यालले जानकारी दिए । तीव्र गतिको कारले दुर्घटना गराएपछि स्थानीयले रोक्न खोज्दा भागेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!