तराईमा बन्दको आंशिक प्रभाव

Posted on: 23 Aug, 2022

भदौ ७, भैरहवा | सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाे, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पाताेलाे चलेका थिए । 


बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द भए भने सार्वजनिक यातायातका सधान पनि न्यून थिए । दिउँसाे सञ्चालन हुने विद्यालय र क्याम्पसमा पनि पठनपाठन भएनन्ब । निजी सवारीसाधन जस्तै मोटसाइकल, चारपाङ्ग्रे गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग ईरिक्साले व्यापक रुपमा गरिरहेका छन् । 

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए । सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

Avatar

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएकाे उनकाे भनाइ छ ।

भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन् । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!