मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

Posted on: 22 Aug, 2022

भदौ ६, बुटवल | बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका  पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।

May be a closeup of 1 person

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । भाइरल भएको उक्त भिडियोमा एक महिला भुइँमा सुतेको देखिन्छ र केही बेरमै ती महिलालाई उठेर सरासर हिँडेको देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!