कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 23 Sep, 2022

असोज ७, बुटवल | बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!