स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on: 25 Sep, 2021

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।  

स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ।  वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ । कर बढाएको सबै हल्लाको पछि नलाग्न अर्थ मन्त्रालयले जानकारी दिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!