रुकुम पश्चिमको टावरमा खरावी आउदा डोल्पामा असर

Posted on: 12 Apr, 2022

चैत २९, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्राविधिको टावरमा खरावी आउदा डोल्पामा  सञ्चार सेवा अवरुद्ध भएको छ ।

दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । यत्ता नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ । चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् ।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहदा पनि राम्रो सँग काम नगर्ने , आवाज नवुझिने समस्य रहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!