ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Posted on: 03 Dec, 2021

मङ्सिर १७, रुकुम | रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२  नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा  ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती  सपना विक घाइते भएकी छिन् । उनको  आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा  (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!