रुकुममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, माओवादीका कार्यकर्ताहरु घाइते

Posted on: 03 Jul, 2021

असार १९, रुकुम | रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ खदीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । उक्त झडपको क्रममा मावादीका कार्यकर्ताहरु घाइते भएका छन् ।  

प्राप्त जानकारी अनुसार दोहोरो झडप भएको र उक्त क्रममा माओवादीका कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । झडप भएको ठाउँ भौगोलिक रुपले विकट भएको कारण घाइतेहरुलाई अस्पताल ल्याउन समेत समस्या परेको छ ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको बताइएको छ । झडपपछि प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!