रोल्पामा भरुवा बन्दुक पड्किँदा घाइते

Posted on: 19 Jan, 2021

माघ ६, रोल्पा । रोल्पा नगरपालिका–९, फाल्जा बस्ने ४५ वर्षीया बरु पुनमगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् ।

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुनमगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्कँदै गरेकी बरु पुनमगरलाई लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी बरु पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!