थवाङमा नेकपा विजयी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, रोल्पा | थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आज भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । 

बुढामगर १७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभयो । नौ जनाको मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए । 

मतदान गर्नेमा ९७ महिला तथा ११२ पुरुष थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!