सुनिलस्मृतिमा गाउँपालिका अध्यक्ष घर्तीबाट आइसोलेसन सेन्टर उद्घाटन

Posted on: 09 May, 2021

वैशाख २६, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीबाट उद्घाटन गरिएको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरुको उपस्थितीमा सेन्टरको उद्घाटन गरिएको हो ।

आइसुलेसन सेन्टरमा डा. प्रकाश भारतीको नेतृत्वमा २ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निसियन, २ जना कार्यालय सहयोगी रहेने गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । सेन्टरमा आवश्यक पर्ने थप सामाग्रिहरु मगाइएको र आवश्यकता सामाग्रिहरुको अभाव हुन नदिन अध्यक्ष घर्तीले स्वास्थ्य शाखालाई निर्देशन समेत गर्नु भएकोछ । 

गाउँपालिकामा कतै संक्रमित देखिएमा संक्रमितको घर देखि आइसुलेसन सेन्टरसम्म निःशूल्क एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको अध्यक्ष घर्तीले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!