छाउनी अस्पतालले माग्यो चिकित्सक, स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | नेपाली सेनाले वीरेन्द्र अस्पताल छाउनीका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। 

सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डा आज सूचना जारी गरी करार सेवामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी माग गरेको छ। 

सेनाले केही विशेषज्ञ चिकित्सक, ९ जना मेडिकल अफिसर, प्रयोगशाला प्राविधिक, स्वास्थ्य सहायक, हाउसकिपिङ लगाएका पदमा कर्मचारी माग गरेको  छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!