प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा १ हजार १६५ जना नेपाली कामदारको माग

Posted on: 19 Jun, 2022

असार ५, काठमाडौं | यूएई, कतार, बहराइन,मलेसिया र कुवेतको प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा महिला र पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

फरक फरक ५ देशका लुलु हाइपर मार्केट कम्पनीमा १ हजार १६५ जना नेपाली कामदारको माग गरिएको छ । माग गरिएकाहरुमा महिलाहरुको संख्या २ सय ६४ जना र पुरुषको संख्या ९ सय १ जना रहेका छन् ।

कम्पनीले सेल्स, ठूलो संख्यामा सेल्समेन, हेल्पर, क्यसिअर, ठूलो संख्यामा लेबर, प्रोडक्सन वर्कर, शोप वर्कर पदका लागि १ हजार १६५ जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ३५०० देखि ४७,५०० सम्म हुने छ | 

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन्। अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा ३० दिन बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। 

जान इच्छुक जो कोहीले जब सिकर मैनपावर प्रा. लि. मा सिधै सम्पर्क गर्नुहोला। सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. ०१-४९७०१३३, ०१-४९५५३५६, ९८२३१२०२६१,९८२३१२०२६२

बिज्ञापन तल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!