स्वास्थ्य बीमा बोर्डले माग्यो ४४ जना कर्मचारी, यसरी दिनुस् आवेदन

Posted on: 25 Apr, 2021

बैशाख १२, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारी माग गरेको छ ।  बोर्डले करार सेवामा जनशक्ति भर्ना सम्बन्धी बैशाख ५ गते एक सूचना जारी गर्दै दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) को लागि ४४ जना कर्मचारी माग गरेको हो ।

२१ वर्ष पुरा भई ३५ वर्ष उमेर ननाघेको तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन फारम साथ शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्रको छायाँप्रति तथा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय टेकु काठमाडौंको बैंक खाता नं १०००१००२०००१०००० राजस्व शिर्षक नं १४२२४ कार्यालय कोड नं ३७०३१३५०१ मा नगद जम्मा गरी सो को सक्कलै भौचर समेत पेश गर्नु पर्नेछ ।

आवेदन दस्तुर रु ५ सय सहित स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय, टेकु, काठमाडौंमा दरखास्त बुझाउन सकिनेछ । लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण तथा अन्तर्वार्ता बाट कर्मचारी छनौट हुने बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुमा काम गर्नुपर्ने छ ।

आवदेन फारम तथा पाठ्यक्रम यस बोर्डको वेवसाइट www.hib.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।  लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी जानकारी अर्को सूचनामा क्रमशः प्रकाशन गरिने जनाइको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!