काठमाडौं महानगरमा नगर प्रहरी माग

Posted on: 23 Apr, 2023

वैशाख १०, काठमाडौँ । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी जवान नियुक्त गर्ने भएको छ । 

आइतबार सूचना प्रकाशित गर्दै महानगरले १०० जना नगर प्रहरी जवान नियुक्त गर्ने जनाएको छ । 

सूचना प्रकाशन भएको मितिले सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरिएको छ । 

सूचनाअनुसार नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा ६० जना (नेपाल प्रहरीका तर्फबाट ३३ जना र सशस्त्र प्रहरीको तर्फबाट २७ जना), महिलातर्फ १७ जना, आदिवासी/जनजातीतर्फ १६ जना, मधेसीतर्फ दुई जना, दलिततर्फ चार जना र अल्पसंख्यकतर्फ एक जना माग गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!