ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । 


वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!