रौतहटको वृन्दावन नगरपालिकामा ५ वडासहित मेयर/उपमेयरमा नेकपा एस विजयी

Posted on: 23 May, 2022

जेठ ९, काठमाडौँ | रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीका रामविनोदप्रसाद कुर्मी ६ हजार १ सय १२ मतसहित विजयी भएका छन् ।

कुर्मीले निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका उम्मेदवार रामस्नेही राय यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन् । यादवले ४ हजार ६ सय ७८ मत पाए ।

उपप्रमुखमा एकीकृत समाजवादीकै संगीताकुमारी राम ५ हजार ७ सय ७२ मत पाई विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका सैबुन खातुनलाई १ हजार ८४ मतले पराजित गरेकी हुन् । खातुनले ४ हजार ६ सय ८८ मत पाइन् ।

९ वडा रहेको वृन्दावनमा नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन । वडा नम्बर १,६,७,८ र ९ एकीकृत समाजवादीले जितेको छ । २, ४ र ५ माओवादी र ३ नम्बर वडामा एमाले उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!