रसुवामा चुनावी परिणाम : कसले कहाँ जिते?

Posted on: 19 May, 2022

जेठ ५, काठमाडौँ । रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ । 

स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

कांग्रेसले जितेका पालिका

कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत प्राप्त गरी विजयी भएका छन् । एमालेका उम्मेदवार कमलनाथ आचार्यलाई ३३९ मतले पराजित गरेका हुन् । कालिका गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सोम तामाङले १ हहजार ५२२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा  कांग्रेसका मिरा तामाङले २८१० मत ल्याएर नेकपा एमालेकी अम्बिका भट्ट पौडेललाई ८०० मत अन्तरले पराजित गरी विजयी भइन् । 

कालिका गाउँपालिका १ मा माओवादीका दावा तामाङ, २ मा नेपाली काँग्रेसका उमेश न्यौपाले, ३ मा नेपाली काँग्रेसका फणिन्द्र न्यौपाने , ४ मा नेपाली काँग्रेसका खेसम तामाङ र वडा नं ५ मा नेपाली काँग्रेसका सन्दिप पौडेल विजयी भएका हुन् । 

नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसका नुर्पुसाङबो घले विजयी भएका छन् । उनले नेकपा एमालेकी सिर्जना लामालाई ४०० मतान्तरले पराजित गरेका हुन् । 

गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेका चन्द्रबहादुर गलान विजयी भएका छन् । वडा अध्यक्षहरूमा १ मा कांग्रेसका कान्छा लामा, २ मा एमालेका ङाफु तामाङ, ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, ४ मा कांग्रेसका ज्ञानी वाइवा, ५ मा कांग्रेसका श्यामबहादुर थिङ र ६ मा एमालेका योनुर्पु तामाङ विजयी भएका हुन् । 

आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेसबाट पुनः बुचुङ तामाङ निर्वाचित भएका छन् । उनले एमालेका फुपुसिङ्गी तामाङलाई ३०० मतान्तरले जितेका हुन् । 

उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङले एमालेकी नविना लामालाई पराजित गरेकी हुन् । वडा अध्यक्षहरू १ मा एमालेका साङ लामा तामाङ, २ मा काँग्रेसका लाक्पाकामी तामाङ, ३ मा एमालेका सुरेन्द्र तामाङ, ४ मा एमालेका धर्म तामाङ र ५ मा कांग्रेसका दावागोम्बो तामाङ विजयी भएका छन् ।  

एमालेले जितेका पालिका

उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले केन्द्रीय सदस्य तथा युवा नेता माधव अर्याल निर्वाचित भएका छन् । उनले निवर्तमान अध्यक्ष उपेन्द्रराज लम्साललाई ४४० मत अन्तरले पराजित गरेका हुन् भने उपाध्यक्षमा चमेली गुरुङ पुन निर्वाचित भइन् । 

उत्तरगया गाउँपालिका वडा नं १ मा वडा अध्यक्षमा नेकपा एमालेका मारसिङ तामाङ, वडा नं २ मा एमालेका टुकुप्रसाद सुवेदी, वडा नं ३ मा एमालेका लालबहालुर लामा, ४ मा नेपाली काग्रेसका अमर बुलुन, ५ मा माओवादी केन्द्रका यमनाथ आचार्य विजय भएका छन् । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नेता कैसाङनुर्पू तामाङ पुनः विजयी भएका छन् । उनले कांग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका पेम्बाछिरिङ तामाङलाई ५०० मतअन्तरले पराजित गरे । 

उपाध्यक्षमा नेकपा एमालेकी प्रतिमा लामा विजयी भइन् । उनले नेपाली कांग्रेसकी देकी तामाङलाई ५०० मतान्तरले पराजित गरेकी हुन् । गोसाँइकुण्ड गाउँपालिका वडा नं १ मा उर्केन तामाङ, २ मा नेपाली कांग्रेसका कमीछिरिङ तामाङ, ३ मा नेकपा एमालेका मिङमार तामाङ, ४ मा कांग्रेसका ढिण्डु लामाजाङवा तामाङ, ५ मा नेकपा एमालेका दावामिङमार तामाङ र वडा नं ६ मा नेकपा एमालेका दावासिदार वाइवा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!