पार्टी भित्रको आन्तरिक गुटबन्दीले कांग्रेसले हार्नुपर्यो: नेता महत

Posted on: 28 May, 2018

जेठ १४ रसुवा | नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनको मुल कारण कांग्रेस पराजित भएको बताएका छन् । 


नेपाल तरुण दल रसुवाले आइतबार धुन्चेमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो हुन् । नेता महतले पार्टी भित्ररहेको आन्तरिक गुटबन्दीले पनि कांग्रेसले निर्वाचनमा हार बेहोरेको बताए। 

महतले भने:- 'निर्वाचनमा कांग्रेसले गरेको प्रचार शैली पनि फितलो थियो’ कम्युनिष्टहरु तिल जत्रो कुरालाई पहाड जत्रो बनाएर प्रचारप्रसार गर्थे हामीले पहाड जत्रो गरेको कामलाई तिल जत्रो हुने गरी पनि प्रचारप्रसार गर्न सकेनौं त्यसैले निर्वाचनमा पराजित भयौं ।’

नेकपा एक भए पनि अबको ५ वर्षमा पराजित गरेर कांग्रेसले बहुमतसहितको सरकार चलाउने पनि उनले दाबी गरे । त्यो कार्ययोजनाको साथ कांग्रेस अगाडि बढ्छ त्यसका लागि नेपाल तरुण दलमा आबद्ध युवाहरुलाई आजैबाट राम्रो कामको थालनीमा लाग्न महतले आग्रह समेत गरेका थिए ।

जनताको काम गर्ने पार्टी कांग्रेसमात्र भएको दाबी गर्दै नेता महतले प्रधानमन्त्रीले जनतालाई सपना बाँडेर बुद्धि भुट्ने काममात्र गरेको आरोप लगाए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!