रामेछापका प्रकाशराज पाण्डेले गरे सफलतापूर्वक सगरमाथा आरोहण

Posted on: 19 May, 2018

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गरेका छन् । बुधबार बिहान ११ बजेर ३० मिनेटमा उनले सर्वोच्च शिखरको चुचुरोमा पुग्न सफल भएको बताएका छन् ।

उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बैशाखको पहिलो साता सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका थिए । सगरमाथा चढ्नु अगाडी उनले पाण्डेले नेपालको राष्ट्रिय झण्डा, नेपाल स्काउट र विश्व स्काउटको झण्डा, राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर सगरमाथामा पुर्याउने प्रतिबद्दता व्यक्त गरेका थिए ।

स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेले नेपालको पर्यटन विकासमा योगदान पुर्या‍उने, बालबालिकाको हक अधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको  बताएका थिए ।


उनलाइ Pioneer Adventure P Ltd. कम्पनी मार्फत गाइड गरिएको थियो ।उनले यस अगाडि  रसुवा जिल्ला स्थित ५८९० मिटर उचाईको बेडेन पावेल स्काउट पिक दुई पटक, ६१६० मिटर अग्लो आइस ल्याण्ड पिकको समेत सफलता पुर्वक आरोहण गरि सकेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!