लुम्बिनी प्रदेशका बालबालिकालाई मोर्डना खोप आजदेखि

Posted on: 20 Dec, 2021

पुस ५, काठमाडौँ | लुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइदैछ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो ।

लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ । अहिले रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोपको दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!