राष्ट्रिय क्रिकेट खेलाडी प्रतिशलाई गृह जिल्ला प्यूठानमा सम्मान

Posted on: 23 Mar, 2023

चैत ९, प्यूठान। नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् । जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत रुपमा जीसीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका छन् । खेलाडीको हौसला बढाउन आफूले जीसीलाई सम्मान गरेको उपाध्यक्ष पोख्रेलले बताए ।

जीसीलाई पोख्रेल फाण्डेशनले समेत ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

विश्वकप क्रिकेट लिग- २ मा उत्कृष्ट प्रदर्शन गरेका जीसीलाई जिल्ला खेलकुद विकास समितिले पनि सम्मान गर्ने खेलकुद विकास समितिका उपाध्यक्ष विमलप्रसाद पोख्रलले जानकारी दिए ।

झिमरुक गाउँपालिका ३ मा जन्मिएका जीसी काठमाडौं बसेर क्रिकेट खेल्ने गर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!