प्रहरी भ्यानबाट हाम फालेर धनुषामा थप एक थुनुवा फरार

Posted on: 27 Feb, 2023

फागुन १५, धनुषा | धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जाननकारी दिनुभयो ।

नकपुरस्थित जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३ स्थित यदुकुहाबाट हिँडिरहेको जिपबाट हाम फालेर मुखिया फरार भएको गौतमले बताउनुभयो । फरार मुखियाको खोजतलास भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!