प्रधानमन्त्रीलाई प्रश्न– गृहमन्त्री कसलाई बनाउनु हुन्छ ?

Posted on: 30 Jan, 2023

माघ १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीभित्रैबाट गृह मन्त्रालय माओवादीले नै राख्न दबाब परेको छ ।

पदाधिकारी तथा प्रभावशाली नेताहरुले प्रधानमन्त्रीलाई यस्तो दबाब दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले पनि अहिले नै गृह मन्त्री को हुने भन्ने बारेमा कुनै टुंगो नलागेको जानकारी दिए ।

पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुले गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? भनी राखेको प्रश्नमा उनले जवाफ दिँदै भने, “बनेपछिमात्रै थाहा हुन्छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!