कन्सर्टका बेला गायक कैलाश खेरमाथि हमला, आरोपी पक्राउ

Posted on: 30 Jan, 2023

माघ १६, काठमाडौँ | कर्नाटकमा एक सङ्गीत कार्यक्रमका बेला गायक कैलाश खेरमाथि हमला गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कन्सर्टका बेला गायकमाथि बोतल फ्याँकिएको थियो । यतिबेला घटनामा उपस्थित प्रहरीले बोतल फ्याँक्ने व्यक्तिलाई तत्काल पक्राउ गरेका छन् ।


हाल गायक कैलाश खेरमाथि हमलापछि उनको स्वास्थ्य सम्बन्धि कुनै जानकारी छैन । उनी आइतबार कर्नाटकको हम्पीमा आयोजित कन्सर्टमा समावेश हुन गएका थिए ।

तीन दिनसम्म चलेको हम्पी उत्सवको सुरुवात जनवरी २७ मा भएको थियो । शुक्रबार कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले यो कार्यक्रमको उद्घाटन गरेका थिए ।

कैलाश खेरले सोमबार गरे यो ट्वीट

कैलाश खेरले सोमबार बिहान एक ट्वीट गरे जसमा उनी हम्पी उत्सवका बेला कन्नडमा प्रस्तुती दिइरहेको देखिए । यो भिडियोसँगै उनले लेखेका छन्, ‘जब पुनित राजकुमारजीलाई कैलासा सङ्गीतमय श्रद्धाञ्जलि दिइयो पूरा विजयनगर साथ झुमिरहेको थियो । भावाकुल भइरहे कैलासासँग । कैलाश लाभइ कन्सर्टको हम्पी उत्सव सन् २०२३ को समापन निकै भावनात्मक रह्यो ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!