गृह मन्त्रालयमा रवि लामिछानेको फोटो टासिन्छ कि टासिदैन ? गरेका निर्णयहरु के हुन्छ ?

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ । सर्वोच्च अदालतको नागरिकता सम्बन्धि फैसलासंगै गृहमन्त्री रवि लामिछानेको मन्त्री पद खारेज भएको छ । पद खारेज भएसँगै लामिछानेको फोटो गृह मन्त्रालयमा टासिन्छ कि टासिदैन भन्ने प्रश्न धेरैले गरेका छन् । 

मन्त्रालयहरुमा मन्त्री बनेपछि क्रमश: फोटो तास्ने परिपाटी छ । नागरिकतानै अवैध भएपछि लामिछानेले सोहि कागजात पेश गरि निर्वाचनमा लडेको कारण उनको संसद पद खारेज भएको हो । साथै गृहमन्त्री तथा उपप्रधानमन्त्री पद समेत खारेज भएको छ । पद खारेज भएपनि कानुनत: उनले ३३ दिन गृह मन्त्रालय सम्हालेको कारण उनि इतिहाँसमा गृहमन्त्री थिए भन्ने रेकर्ड हुनेछ । साथै लामिछानेले गृह मन्त्री पदमा बसेर गरेको बिभिन्न निर्णयहरु समेत मान्य हुनेछ । 

कानुनी व्याख्याको सिद्धान्त अनुसार कुनै व्यक्तिको हैसियत बदर भएपनि उक्त हैसियतले गरेको काम कारवाहीलाई भने कानुनले मान्यता दिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!