अब चितवन-२ मा उपनिर्वाचन कहिले हुन्छ ? रवि चुनाव लड्न पाउँछन् ?

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धि आदेश संगै उनको सबै पद गएको छ । यस संगै निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएका हुन् । अब आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने छ ।

आयोगले सर्वोच्चको फैसलापछि सरकारसँग परामर्श गरि कानुनबमोजिम उपनिर्वाचन गर्नेछ । साथै नागरिकता पाउने प्रक्रिया पुरा गरेर उपनिर्वाचनको अगावै लामिछानेले नागरिकता प्राप्त गरेमा पुन: चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिन पाउने बताइएको छ । 


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले उक्त पद रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन गर्ने व्यवस्था छ । आयोगले ऐनको सोहि व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको, तर स्वदेश फिर्ता भएर कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!