मधेसमा पछि हटे जसपाका लालबाबु, सर्वसम्मत संसदीय दलको नेता बने सरोजकुमार यादव

Posted on: 09 Jan, 2023

पुस २५, जनकपुरधाम | मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।

सांसद रामतअतिश यादवले दिएको जानकारीअनुसार अर्का उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत पछि हटेपछि पूर्वसभामुख यादव सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।
यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ।
मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्।
जसपाले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सत्ता गठबन्धनमा भएका दलहरूले मधेसमा मुख्यमन्त्री जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले आलोपालो चलाउने सहमति गरेका छन्।
उक्त सहमतिअनुसार सरकार बनेको खण्डमा जसपा संसदीय दलको नेता बनेका यादव अब मधेसको मुख्यमन्त्री बन्ने सम्भावना छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!