धान कुटाउन गएकी महिलाको मिलको फित्तामा बेरिएर मृत्यु

Posted on: 15 Dec, 2022

मङ्सिर २९, धनुषा । धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् ।

बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!