रवि लामिछानेद्वारा चुनावी खर्च सार्वजनिक: कार्यकालभर उद्घाटन तथा आसन ग्रहणमा सहभागी नहुने

Posted on: 26 Nov, 2022

मङ्सिर १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।

लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!