समानुपातिक मत: एमाले १२ लाख बढी मत पाएर पहिलो, तेश्रोमा रास्वपा (मत अपडेट)

Posted on: 25 Nov, 2022

मंसिर ९, काठमाडौं | प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।

निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ८८ हजार २३० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ ।

समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म १२ लाख ६७ हजार ९२८ मत पाएको आयोगले जनाएको छ ।  दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ ११ लाख ९३ हजार नौ ९७४ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा ५ लाख ४६ हजार ७८४ मत पाएको छ । राप्रपाले ३ लाख ३ हजार ७०३ मत प्राप्त गरेको छ । छैटौंमा रहेको जनता समाजवादी पार्टी (जसपा) र सातौँ स्थानमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!