शंकरले हारेपछि मेटमणीको टिप्पणी : पश्‍चगामीका मुख्य मतियारकै हार

Posted on: 24 Nov, 2022

मंसिर ८, दाङ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ- १ का उम्मेदवार मेटमणी चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हारलाई पश्चागामीका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन्।  

दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएपछि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा शंकरको हार स्वभाविक रहेको उल्लेख गरेका हुन्।

शर्मालाई शुभकामना दिँदै चौधरीले नेपालको राजनीति प्रगतिशीलहरूले जित्ने संस्कृति रहेको जिकिर गरे।

‘दाङको २ नं जितियो। प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो। नेपालको राजनीति जहिले नि प्रगतिशीलहरू जित्ने संस्कृति छ। बधाई छ – निष्कलङ्क व्यक्ति रेखा शर्मालाई’, उनले लेखेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!