समानुपातिकमा एमालेले ३ लाख कटाउँदा रुख र घण्टीलाई कति मत ?

Posted on: 23 Nov, 2022

मंसिर ७, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख १४ हजार १३१ मत ल्याएर अग्रता कायमै राखेको छ ।

एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ९२ हजार ७१८ मत पाएको छ । तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ ।

रास्वपाले एक लाख ५८ हजार ८०० मत ल्याएर तेस्रो स्थानमा छ । माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रले एक लाख ४२ हजार ३५४ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ८३ हजार २६४ मत पाएको छ । त्यस्तै छैटौंमा रहेको जसपाले ३० हजार ७४० मत पाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!