बाँके–३(१) मा एमालेका खत्री विजयी

Posted on: 23 Nov, 2022

मङ्सिर ७, बाँके | बाँके–३ (१) बाट  नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!