जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै, गठबन्धन ३,२०९ मतान्तरले पछाडि

Posted on: 22 Nov, 2022

मङ्सिर ६, जुम्ला | जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदासम्म  शाहीले ५ हजार ५६९ मत प्राप्त गरेको छन्  भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले  २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही र कुँवरबीचको मतान्तर ३ हजार २०९ छ  । त्यस्तै, नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मत सहित तेस्रो स्थानमा रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!