इलाम-२ मा एमालेका सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्का लगातार अघि-पछि

Posted on: 22 Nov, 2022

मङ्सिर ६, इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ।


अघिल्लो मतपरिणाम अनुसार कांग्रेसका खड्का अगाडि रहेकोमा अहिले फेरि नेम्वाङ अगाडि देखिएका छन्। नेम्वाङले २ हजार ८१५ मत ल्याएका छन् भने खड्काले २ हजार ७१७ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवा ७९१ मतसहित तेस्रो स्थानमा छन्।

इलाम-२ मा यसअघिको निर्वाचनमा पनि एमालेका नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङ यो क्षेत्रमा २०५६ सालदेखि सांसद चुनिँदै आएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!