मकवानपुरमा क्षेत्र नं. २ मा एमालेको अग्रता

Posted on: 21 Nov, 2022

मङ्सिर ५, मकवानपुर | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हो । एमालेका बर्तौलाले आठ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खतिवडाले आठ सय २६ मत प्राप्त गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले चार सय ६९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजन मैनालीले २७ मत प्राप्त गर्नुभएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ को मत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविमा गणना जारी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!