नेता खनालद्वारा मतदान

Posted on: 20 Nov, 2022

मङ्सिर ४, इलाम | पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभएको छ  ।  

इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीसँग  भन्नुभयो, “ मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।” 

उहाँ प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुनुहुन्छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!