गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना

Posted on: 28 Sep, 2022

असोज १२, काठमाडौं | नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका  नेता गगन थापाको आलोचना गरेका छन् । 


उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् । 
‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तवीक मर्मरक्षाको राजनीति गरेको देखियो ।’ 
घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । 
‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!